निजगढ,निजगढ नगरपालिका कार्यालयले दशै, तिहार र छठ पर्वको आवसरमा बुधवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । स्थानीय राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवीहरुलाई आमन्त्रण गरेर कार्यालय परिशरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै निजगढ नगरप्रमुख सुरथ पुरीले दशै, तिहारको अवसरमा नगरबासी सबैमा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले चाडबाडलाई सभ्य र मर्यादित रुपमा मनाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेबी लामिछाने खनाल, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, निजगढ खानेपानी संस्थाका अध्यक्ष सुदर्शन कोइराला, नेकपा एमाले मधेस प्रदेश सभा सदस्य एंव पूर्व गाविस अध्यक्ष अम्बिका चौलागाई, नेपाली कांग्रेशका मधु तिमल्सिना, नेकपा माओवादीका संन्तोष दङ्गाल, राप्रपाका खडक उप्रेती, पर्यटन व्यवसायी युवराज लामा, समाजसेवी महेशी कुवर, सावित्री भारतीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply