मधेशमा अधिकारका लागि भन्दै पटक पटक आन्दोलन भएका छन् । मधेश आन्दोलनले मधेशलाई केही दिएको छैन पनि भन्न सकिदैन । मधेश आन्दोलनका कारण धेरै नेताहरुको आज दैनिकी फेरिएको छ तर आम नागरिकहरुको अवस्था भने उस्तै छ । बारामा भने मधेश आन्दोलनको सवालमा रोचक घटना भएको पाइएको छ । रोचक किनभने मधेश आन्दोलनको नेतृत्व गर्ने वा आदेश दिनेहरु मन्त्रीको लाइनमा भइरहदा दुईजना कार्यर्ता भने बिहिबार वीरगन्ज जेल चलान भएका छन् । संविधानसभाका सदस्य एंव जसपा केन्द्रीय कमिटी सदस्य प्रमोद गुप्तासहति जसपाका अर्का एक कार्यकर्तालाई आन्दोलनको क्रममा एक निजी सवारीसाधनमा आगजनी गरेको आरोपमा जेल पठाइएको हो ।

नेपालमा भन्ने हो भने त राजनीतिको आवरणमा अपराध हुने गरेको छ । सत्य कुरा यही हो राजनीतिको आडमा कुकर्म गर्ने जनतालाई हत्या गर्ने अनि नेता बन्ने प्रवृत्ति रहेको र उनलाई नै नेता मान्ने नेपाली समाजको संस्कार नै बनेका कारण बारामा प्रमोद गुप्ताहरुको थुनालाई पनि सामान्य रुपमा लिन सकिएला तर यो बिलकुल राजनीति उद्देश्य पनि हो । त्यसैले यो घटनामा उनीमात्रै दोषी होइनन् ।

ठूलो वा उच्च ओहदामा पुगेका व्यक्तिलाई भने उन्मुक्ति दिने र तल्ला तहमा रहेकाहरुलाई भने कारबाही गर्ने सोचको पनि अन्त्य हुन जरुरी छ । त्यसैले पनि मधेशमा भएको आन्दोलन र त्यस क्रममा भएका क्षतिको दोषी यी दुईजना मात्रै पक्कै होइनन् कि त अरुलाई पनि कारबाही गर्न सक्नु पर्छ होइन भने उनीहरुलाई मात्रै थुनामा पठाउने आदेश न्यायसंगत हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here