अनिल तिवारी
सिमरा, २२ मंसिर । बारामा निर्माण हुन लागेको अन्तराष्ट्रिय विमान स्थल निर्माण कार्यलाई अवरुध गर्ने तत्व सक्रिय भएको प्रति विभिन्न सरोकार समितिले चिन्ता ब्यक्त गरेका छन् । बाराको सिमरामा आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै जील्लामा सक्रिय ४ ओटा सार्वजनिक सरोकार समितिले अन्तराष्ट्रिय विमान स्थल निर्माण कार्यलाई अवरुध गर्ने तत्व सक्रिय भएको प्रति विभिन्न सरोकार समितिले चिन्ता ब्यक्त गरेका हुन् ।

 

 

जितपुरसिमरा सार्वजनिक सरोकार समिती, निजगढ सरोकार समिती, टांगियाबस्ति सरोकार समिती र कोल्हबी सरोकार समितीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै विमानस्थल निर्माण प्रकृयाले गति लिने बेलामा यसको विरोध गर्दै निर्माण कार्यलाई अवारोध गरेको भन्दै त्यस कार्यको बिरोध गरेका छन् । पत्रकार सम्मलेनमा बोल्दै पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेलले सम्मानिय सर्वाेच्च अदालतको आडमा विमान स्थललाई निर्मण कार्यलाई प्रभावित गर्ने तत्वहरु सक्रिय भएको तर अदालतले पनि विकासकै पक्षमा निर्णय लिने विश्वास ब्यक्त गर्नुभएको थियो ।

 

 

उहाँले विमान स्थल निर्माणमा अदालतले वातावरण, विरूवा, अनी उपयुक्त स्थानका साथै पानीको बहाबका बारेमा चिन्ता ब्यक्त गरेको बताउदैँ त्यसको बारेमा अदालतलाई आफुले जवाफ सहित सल्लाह दिन तैयार रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतले अन्तरकालीन आदेश सहित यो देश विकाशको विपक्षमा रहेको आत्मघाती रिट खारेज गर्ने र निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माणको मार्ग प्रसस्त गर्ने कुरामा जोड दिनुभएको थियो ।

 

 

यसैगरी जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेलले प्रदेश नम्बर २ का साथै देशकै सम्बृद्धिको लाईफलाईनको रुपमा रहेको यस आयोजनालाई जुनसुकै बहाना वा नाममा जसले अवरोध गर्छ त्यो जनताको नजरमा कलंकित हुने चेतावनि दिनुभयो । सम्मेलनमा बोल्दै निजगढ सरोकार समितीका संयोजक एक बहादुर श्रेष्ठले यो समृद्ध नेपाल निर्माणको याजना भएको दाबि गर्नु भयो ।

 

 

पत्रकार सम्मेलनमन टांगियाबस्ति सरोकार समितीका संयोजक रमेस सापकोटा, कोल्हबी सरोकार समितीका संयोजक ढुण्डिराज उप्रती, पुर्व गबिस अध्यक्षहरु देवनारायण चौधरी, भोला अधिकारी, सरोकार समितीका सदस्यहरु पेसल मुल्मी, छबिलाल शर्मा, नारायण घिमिरे, रबिन्द्र खकुरेल, बिरेन्द्र बास्कोटा लगयातको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here