हुनत हामी सीमा क्षेत्रमा छौं । सीमा क्षेत्रमा भएका नाताले भारत हाम्रो लागि एकदमै नजिकको छिमेकी पनि भयो । त्यसो त नेपाल देशकै भारत परापूर्वकालदेखि नै असल छिमेकीको रुपमा रहेको ब्यख्या हुँदै आइरहेको छ । नेपालका नेता र पार्टीले भारतमाथि हेर्ने दृष्टिकोणको कारण पनि भारतसंगको सम्बन्धमा टकराव आउने गरेको देखिन्छ । यद्यपि भारतीय र नेपाली नागरिकबीचको सम्बन्ध राम्रो नै छ ।

भारत अंग्रेजहरुको पंजाबाट मुक्त भएपछि नेपाल र भारतीयहरुको सम्बन्धमा त्यस्तो समस्या छैन । तर कुटनीतिक तवरमा भने समस्या नै समस्या देखिन्छ । काठमाडौं वा पहाडमा रहनेहरुले कथित राष्ट्रवादको ध्वाँस लगाइ रहदा सीमा क्षेत्रका नागरिकहरुको भने पीडा दर्दनाक नै छ । हालै दार्चुलाका एक नागरिकको भारतकै कारण ज्यान गएको कुरा आएको छ ।

भारतीय सुरक्षा फौजले सीमा क्षेत्रमा मच्चाउने गरेको आतंक पनि पीडादायी नै छ । यद्यपि पर्साको नागरिकहरुले पनि वषौंदेखि यो समस्या झेल्दै आइरहेका छन् । उनीहरुले झेल्न परेको समस्याको बिषयमा कसैले पनि बोलेको पाइदैन । पर्साको ठोरीमा समेत पटकपटक भारतीयहरुले आतंक मच्चाउने गरेका छन् । त्यसैले भारतले आफू नेपालको असल छिमेकी हुँ भन्ने कुरा बिर्सनु हुदैन तर पछिल्ला दिनमा बिर्सदै गएको जस्तो देखिन्छ ।

 

Leave a Reply