दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिका– १ स्थित तामागढी होटल ईभेन्ट प्रा.लि.मा कोल्हबी नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन तथा साधारण सभा आइतवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद साह कलवारको अध्यक्षतामा सम्पन्न अधिवेशनको कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले पानसमा दियो प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी, संघका संस्थापक अध्यक्ष महेशकुमार साह, सपही क्याम्पस संचालक समितिका अध्यक्ष ढुण्डिराज उप्रेती, केवलप्रसाद चौधरी, अजय साह, सुकदेव प्रसाद रौनियारलगायतको उपस्थिति थियो ।
साधारण सभाको उद्धाटन कार्यक्रममा कोल्हबी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, तामागढी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र पनुहार, नेपाली कांग्रेस नगर सभापति बिरेन्द्र चौधरी, ग्रामीण विद्युत् उपभोक्ता महासंघका महासचिव गोविन्द पौडेल लगायतसरोकारवाला सहभागी रहेका थिए ।कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रामप्रसाद प्रसाईले गर्नुभयो भने संस्थागत कार्यप्रगतिबारे अध्यक्ष लक्ष्मीप्रसाद साह कलवारले प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघको आर्थिक प्रतिवेदन गणेश शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनकै अवसरमा संघले लामो समयदेखि व्यवसाय गर्दै आएका व्यापारी जियालाल साह, प्रमोद साह, गोविन्द मैनाली, दशरथसहित एक दर्जनभन्दा बढी व्यवसायी तथा स्थानीय सञ्चारकर्मीलाई कोल्हबीमा पु¥याएको योगदानका लागि सम्मान गरेको थियो ।

शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष महेशकुमार साहले संघले विगत तीन वर्षसम्म नवीकरण नगरेकोमा आपत्ति जनाउँदै संस्थापकलाई बेवास्ता गरेकोमा दुःख पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन महासचिव शम्भुकुमार साहले गर्नुभएको थियो भने समापन अध्यक्ष लक्ष्मीप्रसाद साह कलवारले गर्नुभएको थियो ।

Leave a Reply