सिमरा,नेकपा एमाले मधेस प्रदेशको जनसंगठन समन्वय प्रमुखको जिम्मेवारी मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेललाई दिइएको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । सचिव पौडेलले प्रदेशमा क्रियाशील २३ वटा जनसङ्गठन हाक्ने जिम्मा पाउनुभएको हो ।जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने पौडेलले बताउनुभएको छ । ‘मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो । यसलाई अझै लोकप्रिय बनाउँदै ०८४ मा एमालेको बहुमतको सरकार बनाउन जनसंगठनहरुलाई सक्रिय रुपमा परिचालित गर्नेतर्फ ध्यान केन्द्रित गरिनेछ,’ उहाँले भन्नुभयो, ‘जनसंगठनहरुले अब पार्टीको मात्रै नभएर जनसरोकारका मुद्दामा पनि आवाज उठाउने छ ।’

















