नेपालमा २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरु नै अहिले नेपालका स्थानीय तहहरुको सत्तामा छन । उनीहरुले नै स्थानीय तहको शासन सत्ता हातमा लिएका छन् । उनीहरुले अहिले स्थानीय तहको जिम्मेवारी सम्हालेका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित बनेर आएपछि स्थानीय तहमा विकास र सुधार त भएका छन् र योसंगै पालिकामा धेरै विकृति पनि बढेको छ ।

निर्वाचनमा जनताले सही व्यक्तिहरु छनौट गर्न नसक्दा कतिपय स्थानमा गलत प्रवृत्तिका व्यक्तिहरुले पनि चुनाव जितेका छन् । त्यस्तै व्यक्तिहरुका कारणले स्थानीय तह पनि बद्नाम हुन थालेका छन् । स्थानीय तहरुको बद्नाममा पनि कुनै न कुनै हिसावले नागरिकहरुकै हात किन छ भने निर्वाचनमा छनौट गर्दा गलत व्यक्ति छानिएका छन र उनीहरुलाई चुन्ने पनि जनता नै हुन । पर्सामा यस्तै भएको छ । जनताको प्रतिनिधि भनिएका व्यक्ति लागूऔषध सहित पक्राउ परेका छन् ।

जसका कारण स्थानीय तहको नै बेइजत भएको छ । यस्ता व्यक्तिहरुलाई जिताएर नागरिकहरुलाई उपलव्धि हुन सकेको छैन र हुदैन पनि । अबफेरि निर्वाचन आउदैछ । अबको करिब एक वर्षभित्र फेरि स्थानीय तहको निर्वाचन गर्नुपर्दछ । त्यसैले पनि अबको निर्वाचनको सवालमा नागरिकहरुले यस्ता बिषयमा बिचार गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here