कलैया,बारा प्रहरीले सर्वसाधारणलाई धम्काएर २० लाख नगद फिरौति मागेको आरोपमा शुत्रवार एकजनालाई पक्राउ गरेको छ ।प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरका प्रेमलाल पाण्डेयको छोरा वर्ष ३० को डा. बिकेशकुमार पाण्डेयसंग धम्काएर रकम मागेको आरोपमा सोही ठाउँ बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्रलाई पक्राउ गरेको हो ।

मिश्रले डा. पाण्डयेले संचालन गरेको ऐ.प्लस हस्पिटलमा बम राखिएको र रकम नदिएर विष्पोट गराइदिने भन्दै मोबाइल फोनबाट २ सातादेखि पटकपटक धम्काएर २० लाख नगद माग्दै आएका थिए ।डा. पाण्डेयले प्रहरी कार्यालयमा गराएको जानकारी अनुसार अनुसन्धानको क्रममा धम्क्याएर फिरौति माग्ने कार्यमा संलग्न रहेको पाइएपछि मिश्रालाई सीमावर्ती विहार राज्यको मोतिहारी प्रहरीको सहयोगमा कलैया उपमहानगरपालिका वडा नम्बर १० शिवपुर चिउटाहाबाट पक्राउ गरी थप अनुसन्धान कार्य थालेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply