अनिल तिवारी
सिमरा, १४, मंसिर । बाराको सिमरामा नेकपाका युवा नेता मनोज पौडेलको संयोजकत्वमा उपमहानगर स्तरिय जीतपुरसिमरा सार्वजनिक सरोकार समिति गठन भएको छ । ्समितिको सदस्यमा छबिलाल शर्मा, कर्ण थापा, रमेस सापकोटा, पेशल मुल्मी, राजुराज गिरी, नारायण प्रसाद घिमिरे, बिदुर खडका रहनुभएको छ ।
राष्ट्रिय गौरबका आयोजना कार्यान्वन गराउन, बिकास निर्माण लगाएत जनताका समस्या समाधानका लागी तिनै तहको सरकारलाइ दबाब दिने उद्धेश्य सहित यो सरोकार समिति गठन भएको हो ।