केही महिना अगाडि बारामा एक जनप्रतिधि नै अपराधमा संलग्न रहेको कुरा आयो ।नाबालिकामाथि बलात्कार गरेको आरोप लागेपछि बाराको निजगढ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ फरार भए । उनका बिरुद्धमा प्रहरीमा जाहेरी पर्यो । प्रहरीको फरार सुचिमा रहेका वडा अध्यक्ष श्रेष्ठलाई आइतवार साँझ ८.३० बजे इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएका छ । घटना जे भएपनि उनी फरार नभइ कानुनलाई सघाउनु पर्नेमा उनी नै फरार भए ।छिमेककी एक १५ वर्षिय एक किशोरीलाई जबरजस्ति करणी गरेको आरोप लागेपछि वडा अध्यक्ष श्रेष्ठ ३ महिनादेखि फरार रहेका थिए । गत असोजमा छिमेकी किशोरीमाथि जवरजस्ति करणी गरेको अभियोगमा प्रहरी कार्यालय निजगढमा श्रेष्ठ विरुद्ध गत असोज २५ गते जाहेरी दर्ता भएको थियो । जबरजस्ति करणी अभियोगमा जाहेरी परेपछि जिल्ला अदालत बाराले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । खोजतलास क्रममा प्रहरीले श्रेष्ठ लुकेर बसेको हुनसक्ने शंभावित स्थानमा निगरानी बढाउनुको साथै मोबाइल फोनसमेत ट्यापिङ्ग गर्दै आएको थियो ।श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले कानुनलाई आफ्नो हातमा लिने प्रयास पनि गरेका थिए । उनले बिगत कुनै समयमा राजनीति मान्छे भएपनि जघन्य अपराधमा समेत उन्मुक्ति हुदै आइरहेको कुरा संझिएको पनि थिए होलान् तर आज समय फेरिएको छ । अब अपराधमा संलग्न जो भएपनि उमाथि कानुनी कारवाही हुन्छ र कानुन सबैका लागि समान हुनु पर्दछ भन्ने मान्यता स्थापित हुदै आएको छ ।

Leave a Reply