नरेश गुप्ता
बरियारपुर,नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकाल उखान टुक्कामात्रै लागाएर बिताएको प्रदेश नम्बर २ का कानुन मन्त्री प्रमोद यादवले बताउनुभएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा वडा कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले घरघरमा ग्यासको पाइप, पानी जहाज जस्ता सपना देखाएर जनतालाई अल्झाएर विकास विरोधी काममात्र गरेको बताउनुभयो । उहाँले माधव नेपालले पार्टी फुटाएको भनेर लगाइएको आरोपको खण्डन गर्दै ओलीको अहमता र घमण्डले गर्दा पार्टीबाट अल्लगिएको बताउनुभयो ।
तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लडने भएकोले एकिकृत समाजवादीमा देशैभरबाट पार्टी प्रवेश गर्नेको लर्को लागेको उहाँको भनाइ थियो । मुलुककै भ्रष्ट पूर्वप्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थ पुरा गर्न लागि परेकोले पार्टीबाट विद्रोह गरेर अर्को पार्टी गठन गर्नु परेको मन्त्री यादवले बताउनुभयो ।
सो अवसरमा सरोज पटेलको अध्यक्षतामा वडा नम्वर २३ भतौडामा एकिकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिवमा नागिन्द्र मिश्रा, माला देवी, राधेश्याम पटेललगायतका रहेका छन् ।
नागेन्द्र मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्याय तथा कानुन मन्त्री प्रमोद यादव, पार्टीको पोलिटब्युरो सदस्य दिनेश राई, प्रदेश २ का संसद तथा प्रमुख सचेतक सुन्दर विश्वकर्मा, पार्टीका केन्दी्रय सदस्य श्रीप्रसाद पासवान, बारा जिल्ला सहईन्चार्ज बतहु यादव, पार्टीको बारा जिल्ला उपाध्यक्ष उस्मान अंसारी, बिजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, जिल्ला सदस्य धु्रव यादव, सुरेश मोदक, विरेन्द्र साह, रमेश सुवेदी, कौशल किशोर सिह, महिला ईन्र्चाज गौरी ढकाल, नगर अध्यक्ष अरुण खनाल, राजेश गुप्ता, असर्फि पटेल, धर्मराज महतो एकीकृत समाजवादी पत्रकार संघ बाराका अध्यक्ष अजय साह लगायतको सहभागिता रहेको थियो ।