बराको पथलैयादेखि सर्लाहीको बाँकेसम्मको सडकको अवस्था एकदमै नाजुक छ । यो देशको प्रमुख सडक मध्ये एक पनि हो । नेपालको मुल सडक जो निकै वर्षअगाडि सोभियत संघले बनाइदिएको थियो । तत्कालिन राजा महेन्द्रको पालामा बनेको सडकमा वास्तवमा अहिले हामी हिडिरहेका छौं । फरक यत्ति हो कि त्यही सडकलाई टाल्ने अनि टुक्राउने मात्रै काम भएको छ ।

देशका अन्य सडकहरुको अवस्था पनि यस्तै छ । नागरिक दैनिक ओहोरदोहो गर्ने बाटो नै सडक हो । त्यसैले पनि विश्वका बिकसित मुलुकहरुमा सडक निर्माणलाई एकदमै धेरै महत्व दिने गरिन्छ । सडकसंग नागरिकहरुको दैनिकी पनि जोडिएको हुन्छ । सडकमा ठूला सवारी दुर्घटना भएर ठूलो मानवीय क्षति समेत नेपालमा भएका छन् । यसो हुनुको कारण भने सडकको कमजोरी पनि हो ।

त्यसैले सरकारमा जो आएपनि सडक बनाउने सवालमा केही फरक पर्दैन । भन्नलाई त जो सत्तामा आएपनि यत्ति बिकास गरें उत्ति बिकास गरें भन्ने गर्दछन् तर सडकको अवस्था भने नाजकु नै छ । पूर्व पश्चिम सडकमा आमुल सुधार गर्न आवश्यक छ । यही सुधारको अभावका कारण पनि सडक भत्किदै गइरहेकका छन् र जीर्ण सडकका कारण दुर्घटना बढिरहेको छ ।

 

 

Leave a Reply