नेपालमा सर्बोच्च पदमा पुगेको व्यक्तिले फेरि पनि सक्रिय राजनीतिको कुरा गर्छ अनि त्यही पार्टीले जसलाई त्यो पदमा पुर्याएको थियो त्यही पार्टीमा फर्कने उसको चाहना पूरा हुदैन ।त्यो भनेको नेकपा एमाले पार्टी हो । एमाले भनेको अहिले देशको ठूलो पार्टी पनि हो । तर, यही पार्टीमा लामो समय राजनीति गरेकी विद्यादेवी भण्डारीले पुनः एमालेमा फर्कने चाहना राखेकोमा एमालेले उहाँको चाहनालाई बन्देज लगाइदिएको छ । एमालेको केन्द्रीय समितिको बैठकले नै विद्या भण्डारीलाई एमालेको राजनीतिमा प्रवेश गर्नका लागि निषेध गरेको हो ।
अब यसमा दुईवटा कुरा छ, एक त केपी ओली आफू बाचुन्जेल एमाले पार्टीको नेतृत्व छाड्न नचाहने कुरा स्पष्ट हुन्छ भने अर्को राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्तिले सक्रिय राजनीतिको चाहना गर्नु ठीक नभएको कुरा पनि आउछ । वास्तवमा दुबै कुरा चैं घातक हुन् ।केपी ओली संधै एमालेको अध्यक्ष बनिरहने कुरा पनि जायज होइन र विद्या भण्डारी फेरि एमालेको अध्यक्ष बन्ने महत्वकांक्षा राख्नु पनि ठीक होइन ।कम्तीमा नेतृत्वको विकास हुनुपर्दछ र एमाले जस्तो पार्टीमा नेतृत्वको विकास आवश्यक पनि छ । संधै केपी र वा विद्या कै वरपर एमाले हिँड्ने हो भने कसरी पुस्तान्तरण होला र यो पार्टीमा मुख्य कुरा यो हो ।विद्या भण्डारीले एमालेको नेतृत्व गर्न नै हुन्न भन्ने पनि होइन तर अब चैं उचित होइन । केपी ओलीले निषेध नै गर्नुपर्ने पनि थिएन तर गरेपछि त्यो पार्टीमा भविष्य पनि अन्यौलमा पर्ने र गुटमा चल्ने संभावना चैं अब बढी देखिन्छ ।
















