सिमरा,नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बारा–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा भएको सम्मेलनले दीपेश सर्राफको नेतृत्वमा १५ सदस्यीय बारा–काठमाडौं सम्पर्क कमिटी चयन गरेको छ ।कमिटीको उपाध्यक्षमा राहुल साह, सचिवमा रमेश यादव, सहसचिव प्रमिता सापकोटा, शैलेन्द्र यादव, संजय गिरी र कोषाध्यक्ष अनिश पटेल चयन भएका छन् ।यसैगरी सम्मेलनले आनन्दकुमार कानुको नेतृत्वमा १७ सदस्यीय पर्सा–काठमाडौं सम्पर्क कमिटी पनि चयन गरेको छ ।कमिटीको उपाध्यक्षमा रवीराज चौहान, सचिवमा आदित्य मिश्र, सहसचिवमा विकास यादव, पवन सिंह र कोषाध्यक्षमा कृष्ण पासवान चयन भएका छन् । बारा र पर्साले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सचिव अञ्जना सिवाकोटी, स्थायी कमिटी सदस्य एवम् सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, पूर्वाञ्चल विश्वविद्यालय उपत्यकता इन्चार्ज धनराज यादव, लक्ष्मण चौहान, पप्पु चौधरीलगायतको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here