कृपा संवाददाता
हेटौडा – हेटौंडा उपमहानगरपालिका कार्यपालिकाको वैठकले नगरको ढुङ्गा, गिट्टी, वालुको ठेक्का रद्ध गर्ने निर्णय गरेको छ । मोतीदान कन्ट्रक्सन प्रालिले हालेको ठेक्कामा धरौटी रकम सहित जपथ गर्दै ठेक्का रद्ध गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा मोतीदानकै ठेक्कामा अवैध रुपमा उत्खनन् गरिएको नदिजन्य पदार्थमा जरिवाना तिर्नका लागि अदालतको फैसला समेत कार्यान्वयन नगरेकाले ठेक्का रद्ध गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
त्यसैगरी मोतीतान आफैले पनि ठेक्काको काम गर्न नसक्ने भनेर लिखीत रुपमा निवेदन दिएको छ । प्राप्त गरेको ठेक्का विविध कारणले काम गर्न नसक्ने वताउंदे आएको छ । नेपाल सरकारलाई तिर्नुपर्ने जरिवाना रकम हाल सम्म पनि मोतिदानले तिरेको छैन ।