त्यसो त हरेक सभ्य भनिएको समाजमा समेत अपराध हुने गर्दछ । यसो भन्दैमा अपराध सामान्य कुरा हो भन्ने कुरै आउदैन । अपराध, अपराध नै त्यसमा क्षमा हुने कुरै आउदैन ।
कसैको पनि ज्यान सस्तो हुदैन र हरेकको ज्यान अमुल्य हुने गर्दछ । अमुल्य ज्यानको सबैले ख्याल गर्न अति आवश्यक छ । हरेक व्यक्ति जन्मिएपछि जवान हुदै बृद्ध हुने हो त्यसैले सबैका लागि आउने जवानीमा सचेत र सावधानी हुन अति आवश्यक छ ।
नेपाली समाजमा पछिल्ला केही अपराधका घटनाहरु हेर्दा र सुन्दा निकै दर्दनाक देखिन्छ र सुनिन्छ । परपुरुषसंग लागेकै कारण वा परस्त्रीसंग लागेका कारण समाजमा हुने अपराधको घटनाले सबैलाई झस्काउने गरेको छ ।यस्तोमा स्वयम् सावधानी सचेत हुने हो र गलत बाटोको अन्त्य राम्रो हुदैन भन्ने कुरा बेलैमा बुझ्न आवश्यक छ । पछिल्लो समय बाराको निजगढमा घटेको एउटा घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ ।
छोरी चेली यसैपनि सुरक्षित नभएको अवस्थामा स्वयम् छोरी र अभिभावक सचेत बन्ने अवस्था आएन भने सीता थिंगहरुको नियति यस्तै हुनेछ । त्यसैले पहिला त छोरीहरु को संग कसरी संगत गर्दैछु भन्ने कुरा आफैले बेलैमा बुझ्न आवश्यक छ ।यो घटनाका बिषयमा प्रहरीले अहिले अझै अनुसन्धान जारी राखेका कारण थप कुरा त आउला नै तर यस्ता घटनाले अभिभावकहरुको मुटु टुक्रिने नै हो र परिवार उजाड हुने नै हो । एक कलिलो मुनाको अन्त्यले कसको पो मन दुख्दैन होला र ? त्यसैले यस्ता अपराध समाज हुँदै नहोस् । यसका लागि सबैभन्दा पहिला र हरेक व्यक्ति आफै बिशेषगरी छोरीहरु सचेत बन्न आवश्यक छ र अभिभावकले पनि आफ्ना संततीको संगतको ख्याल गरेको खण्डमा यस्तो दर्दनाक घटना समाजमा नहोला र यसका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक छ ।
















