दुई दिनअगाडि मध्यवपूर्वी देश इजरालमाथि आक्रमण गरेको थियो, जसका कारण मध्यपूर्व यसैपनि तनाबमा रहनेनै भयो । त्यसो त मध्य पूर्व विगत केही महिनादेखि तनाबमै रहेको छ ।रुस, युक्रेन युद्ध अनि इजरायल, गाजा युद्धले विश्व युद्धको संकेत गरेको देखिन्छ । हुनत योभन्दा राम्रो नलाग्दा यद्यपि सत्य त सत्य नै हुने भयो । कयौं हिसावले तेश्रो विश्वयुद्धको संकेत देखिएको छ । बिस्तारै विश्व जगत ध्रुवृीकृत भएको पनि अवस्था छ । शान्तिको पक्षमा भएको कयौं पहलहरु यसैपनि खेर गइरहेका छन ।

तैपनि हामीले शान्तिको पक्षमा नै वकालत गरेको हो । संचार जगत जहिले पनि शान्तिको पक्षमा नै रहन्छ र रहनु पनि पर्दछ । विश्व भाइचाराको सम्बन्ध हुनु पनि पर्दछ तर यसो हुन सकेको छैन ।विश्व दिनदिनै कुनै न कुनै बाहानामा विभाजित भइरहेको छ । विश्वमा धन र पदको घमण्ड बढेको पनि देखिन्छ । जसले गर्दा पनि एक पटक विश्व युद्धको संभावनालाई नकार्न सकिन्न ।धर्म र विज्ञानले समेत यो कुरा निकै वर्ष पहिला नै उल्लेख गरेकाले पनि यो कुरा अब धेरै टाढा नभएको अनुमान लगाउन सकिन्छ । नेपाल जस्तो देशको त्यस्तो अवस्थामा के होला भन्ने कुरा त अहिले गर्भमा नै छ तैपनि शान्तिको सवालमा अझै पनि बढी आवाज उठाउन आवश्यक छ । शान्ति नै उत्तम विकल्प हो । यसको त विकल्प हुने कुरै आएन तैपनि शान्ति बिस्तारै विश्वबाट टाढिदै गएको हुँदा सबैमा चिन्ता बढेको छ । यो गतिलो संकेत चैं होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here