वीरगन्ज,वीरगन्जको घण्टाघरस्थित विपी उद्यानको जग्गामा भइरहेको पार्किङस्थल निर्माण कार्य तत्कालका लागि रोक्न उच्च अदालत अस्थायी इजलाश वीरगन्जले अन्तरिम आदेश जारी गरेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयलाइ विपक्षी बनाइ काँग्रेसका युवा नेता धिरज गुप्ताले वीरगन्जस्थित उच्च अदालतको अस्थायी इजलाशमा सोमबार रिट निवेदन हाल्नु भएको थियो । त्यहि रिटको मंगलबार सुनुवाइ गर्दै उच्च अदालतको अस्थायी इजलाशका न्यायधिश शान्ता सेढाइ सापकोटाको इजलाशले विपी उद्यानमा उद्यान बाहेक सवारी पार्किङ स्थल सहित अन्य कुनै पनि निर्माण कार्य नगर्न र भइरहेको निर्माण कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यसका साथै अदालतले साउन ६ गते निवेदक गुप्ता र विपक्षी वीरगन्ज महानगरपालिकाको कार्यालयलाई आवश्यक सबुत प्रमाणका कागजात सहित उपस्थित हुन पनि आदेश जारी गरेको छ । तर वीरगन्ज महानगरपालिकाले भने विपी उद्यानको जग्गामा उद्यान नै बनाइने र उद्यानमा घुम्न आउनेहरुको सवारी साधन पार्किङका लागि पार्किङस्थल आवश्यक पर्ने भएकाले अहिले त्यहा पार्किङस्थल निर्माण भइरहेको जनाएको छ । कुल १० बिगाहा जमिनमा ६ बिगाहा उद्यान, २ बिगाहा खुल्ला मन्च, २ हजार मानिस बस्न सक्ने क्षमताको सभागृह र बाँकी जमिनमा पार्किङस्थल निर्माण गरिने महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताउनु भएको छ ।

विपी उद्यानको जमिन महानगरपालिको स्वामित्वमा रहेको भन्दै नगरप्रमुख सरावगीले महानगरले जमिन मात्रै उपलब्ध गराएको र उद्यानको सबै संरचना शहरी विकास मन्त्रालयले निर्माण गर्ने जानकारी दिनुभयो । त्यसका कारण यस विषयसंग महानगरपालिकालाई जोडेर भ्रम फैलाउदै नगरवासीलाई उत्तेजित नपार्न पनि सरावगीको आग्रह छ । नगर प्रमुख सरावगीले वास्तविक कुरै नबुझेर केहि व्याक्तिले विपी उद्यानको बारेमा विरोध गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here