रतनपुर,बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुहको ११औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष धनबहादुर खुलालको अध्यक्षता तथा निजगढ नगरपालिका नगर उपप्रमुख सोममाया थिङ्गको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभाको उपप्रमुख थिङ्गले रुद्ररक्षको विरुवामा पानी हालेर उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख थिङ्गले सामुदायिक वनका उपभोक्ताहरुले वन पैदावार मात्र उपभोग नगरी वनलाई हरियाली र प्रवद्र्धन गर्नेतर्फ पनि लाग्नुपर्ने बताउनुभयो । थिङ्गले रतनपुर क्षेत्रमा ११ वटा सामुदायिक वन रहेको र अधिकांश सामुदायिक वनहरु निष्कृय रहेको सुन्दा आफू दुःखित भएको बताउनुभयो । उपप्रमुख थिङ्गले निजगढलाई हराभरा र स्वच्छ नगर बनाउन स्थानीय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको नीति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर नीति निर्माण गरिने बताउनुभयो ।

सफा सुन्दर, हरियाली र वातावरणमैत्री नगर बनाउन पालिकाले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताउदै उहाँले सम्पुर्ण नगरवासीले सो अभियान सफल बनाउनको लागि हातेमालो गर्न आग्रह गर्नुभयो । थिङ्गले सामुदायिक वनलाई थप सहयोगका लागि नगरपालिकाले सहायक वन अधिकृत भर्ना गर्न पदपूर्तिको लागि सूचना प्रकाशित गरेको समेत जानकारी दिनुभयो ।कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख थिङ्ग, वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानबहादुर गोले, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, क्रियाशील बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा वन समुहका अध्यक्ष खुलालले अध्यक्षको वार्षिक प्रतिवेदन र समुहको गत आर्थिक वर्षको प्रगति प्रतिवदेन तथा आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।त्यस्तैगरी समुहकी सचिव दिलमाया तामाङ्गले आर्थिक र अन्तरिक लेखा प्रतिवेदन विवरण प्रस्तुत गर्नुभएको थियो । समुहको कार्यसमितिकी कोषाध्यक्ष फुलमाया लोकी स्वागत मनतव्य रहेको सो कार्यक्रमको सञ्चालन भने स्थानीय युवा निकेश तिमल्सिनाले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष गोले, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, सवडिभिजन वन कार्यालय रतनपुरका कर्मचारी मुकेशकुमार दास, हरेन्द्रप्रसाद कुशवह, बुद्धज्योति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानबहादुर दोङ्ग, तपोभूमि सामुदायिक वनका अध्यक्ष दिलबहादुर थापा, श्री सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थिङ्ग, पूर्वअध्यक्ष मेनुका स्याङ्बो, क्रियाशील बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठलगायत स्थानीय समाजसेवी, बुद्धिजिवी, विभिन्न संघ संस्थाका पदाधिकारीहरु सहभागी रहेका थिए ।
३ सय हेक्टर क्षेत्रमा फैलिएको पशुपति सामुदायिक वन उपभोक्ता समुहमा हाल करिब २ सय १५ घरधुरी उपभोक्ता रहेको वन समुहका अध्यक्ष धनबहादुर खुलालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here