निजगढ,प्रदेश नम्बर २ मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने ४९ जना छात्रालाई मंगलबार साइकल वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सद्स्य त्रिलोकीप्रसाद चौधरीले एक समारोहबीच विद्यार्थीहरुलाई साइकल वितरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष थलप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष अम्बिका चौलागाईं, खानेपानी तथा सरसफाइ समिति निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला लगायतले बेटी पढाऊ, बेटी बचाऊको कार्यक्रमको महत्वको बारेमा बोल्नु भएको थियो । कर्यक्रममा जनजागृति सामुदायिक वन उपभक्ता समितिका अध्यक्ष सुर्यबहादुर थापा लगायत स्थानीय समाजसेवी र अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हस्तबहादुर लामाले कार्यक्रमको महत्व बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक भोला चौलागाइले गर्नुभएको थियो ।