देश राजनीतिक दलहरुले चलाउने हो । तर राजनीतिक दलहरु निकम्मा र नालायक हुँदै गए भने त्यो दशेमा गैर राजनीतिक निकाय पनि हाबी हुने गर्दछ । बिश्वका धेरै देशमा यस्ता उदाहरणहरु छन् । नेपालमा पनि यस्ता उदाहरणहरु बढ्दै छन् । हुँदाखादाको दुई तिहाइको सरकार बिघटन गरेर पार्टी नै सिध्याउने खेलमा लागेपछि नेकपाको अस्तित्व नै सकियो । नेकपाको अस्तित्व सकिएपछि एमाले र माओवादी बने अनि मुलुकमा अर्को राजनीतिक लफडा शुरु भयो ।

राजनीतिक दलहरुबीचको यो लफडा न्यायलयसम्म पुग्यो । हुनत यसअघि पनि न्यायलयले प्रधानमंत्री केपी ओलीको सनकको भरमा गरेका निर्णयहरु बदर गरिदिएको छ । जेठ ७ गते राति भएको अर्को सनकमाथि पनि सर्बोच्चले सोमबार ऐतिहासिक झापड हानेको छ । यो झापडले भने अब ओली तन्त्रको अन्त्य भएको धेरैको बुझाइ छ । त्यसो त ओली अब तन्त्र किनभयो भन्ने कुरा इतिहास साक्षी छ ।

शासक अन्धो भएपछि धेरैले दुःख पाउने गर्दछन् । शासकमा रहेकाहरु जनतप्रति जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । जो भएपनि जनता सर्बोसर्वा हुनु पर्छ तर बर्तमान शासकमा अहंकार मात्रै हाबी भयो । त्यसैले पनि न्यायलयले सच्चाएको कदम जायज छ तर यहाँनिर दोषी केपी मात्रै होइनन् सबै राजनीतिक दल कुनै न कुनै हिसावले दोषी छन् । बढी दोषी केपी भएपछि सर्वोच्चको झाडप सबैका लागि हो । बेलैमा बुझ्न आवश्यक छ ।

 

 

 

Leave a Reply