बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ पोतामा बिहिवारदेखि प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु भएको छ । डुमरवाना विकास मंचको आयोजनामा सुरु भएको प्रतियोगितामा एकै दिन पाँच खेल सम्पन्न भएका छन् ।पोता खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक डुमरवानाले बिजयी सुरुवात गरेको छ । मनहर्वालाई ३–० सेटमा पराजित गर्दै डुमरवाना बिजयी भएको हो ।यसैगरी दोस्रो खेलमा रौतहटले जित हात पारेको छ । रौतहटले पोता भलिबल टिमलाई ३–० सेटमा पराजित गरेको हो । यस्तै तेस्रो खेलमा मकवानपुर भलिबल टिम पालुङले मिलन चोकलाई पराजित गरेको छ । मकवानपुरले पालुङमाथी ३–० सेटको जित हात पारेको हो ।यसैगरी चौथो खेलमा सिन्धुलीले महोत्तरीलाई ३–० सेटमा पराजित गरेको छ भनेचौं खेलमा सर्लाही बिजयी भएको छ । सर्लाहीले जुगवा भलिबल टिम लाई ३–१ सेटले पराजित गरेको हो ।पहिलो दिनको खेलमा जीत हात पारेका टिममध्ये शुक्रवार डुमरवाना र पालुङबीच खेल हुनेछ भने रौतहट र सिन्धुली भिड्नेछन् । यसैगरी सर्लाही र पिलुवा एपीएफबीच प्रतिस्पर्धा हुँदा बसतपुर र महोत्तरी एपीएफबीच खेल हुनेछ ।बसतपुर र महोत्तरी एपीएफबीचको विजेताले सोही दिन नवलपुर भलिबल टिमसंग खेल्ने आयोजकले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं. १३ को सहयोगमा आयोजित प्रतियोगिता फागुन २० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगद प्राप्त गर्नेछन् ।

Leave a Reply