कलैया,आफ्नै आमालाई कुटपिट गरेर भाग्दै गरेको अवस्थामा बारामा लागूऔषध अफिमसहित एकजना युवक पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले आज बारा जिल्लाको फेटा गाउँपालिका– ३ मा आफ्नै आमालाई कुटपिट गरी भाग्दै गरेको अवस्थामा फेटा गाउँपालिका– ३ बस्ने मखन महतोका १९ वर्षीय छोरा सन्दिप महतोलाई नियन्त्रणमा लिएको हो ।भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको पाइन्टको पछाडिको खल्तीमा लुकाईछिपाई राखिएको करिव १ ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।लागूऔषधसहित पक्राउ परेका महतोमाथि थप अनुसन्धान कार्य भइरहेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभएको छ ।

Leave a Reply