वीरगन्ज,मधेसी स्वास्थ्यकर्मी फोरम बाराले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार कलैयामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा तीनजना महिला सहित ४९ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रमको उदघाटन स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष राघवेन्द्र कर्ण, प्रदेश नम्बर–२ का अध्यक्ष शिवशंकर यादवले गर्नु भएको थियो ।

यसैबीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ को आयोजना नेपाल आराधना समाज वीरगन्ज र राईजिङ्ग वीरगन्ज नेपालको सहयोगमा “समुदाय साझेदारी कार्यक्रम“ अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया– २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरीक्षक. सुमन कार्की, वीरगन्ज महानगरपालिका वडा न ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, नेपाल आराधना समाजका सिस्टर ट्रेशा, डा. मनोज कुमार गुप्ता, अवधेश प्रसाद साह, माईती नेपालका संगिता पुरी, नेपाल रेडक्रस सोसाईटी पर्साका संयोजक मधु राणा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, राईजिङ्ग वीरगन्ज नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको र उक्त कार्यक्रममा दिया साह, दुर्गा देवी सुबेदी, सर्फलालप्रसाद यादव, राजकरण यादव, हरेराम राउत कुर्मी, शेष जुनेद, कृष्ण कुमार साह, सम्साद अलि लगायत २ महिला सहित ७७ जनाले रक्तदान गरेका छन् ।

Leave a Reply