पुष्पराज खतिवडा
मनहर्वा,मेवाको कमसल विरुवा बेच्ने कम्पनीको प्रलोभनमा परेर बाराको जीतुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरका किसान संचराम थिङ्ग र उहाँका भतिजाले ९ लाखभन्दा बढी रकम क्षेति बेहोर्नु परेको छ । राम्रो आम्दानी हुने बिउ कम्पनीका कर्मचारीको आश्वासनमा परेर दुबैजनाले प्रतिबिरुवा १ सय ६० रुपैंयाको दरमा खरिद गरी एक बिघा भन्दाबढी जमिनमा २ हजार ३ बोट मेवाका बिरुवा लगाएका थिए ।
वीरगन्जमा रहेको पशुपतीनाथ एग्रोफरेस्ट्री प्रा.लि. बाट खरिद गरिएको बिरुवा कमसल जातको परेकोले किसानले नोक्सानी बेहोर्नु परेको हो । बिक्रेताको लापरबाहीका कारण फल लाग्ने बेलामा बोट नष्ट भएको पिडित किसानहरुले बताएका छन । बिरुवा बेच्ने बेलामा प्राविधिक र अन्य सहयोग उपलब्ध गराउने कम्पनीका प्रतिनिधि भने किसानलाई बिरुवा बेचेपछि फर्केर पनि आएका छैनन ।
कम्पनीका प्रतिनिधिले बिरुवा बेच्ने बेला प्राविधिक सहयोग गर्ने, मेरेका बिरुवाको सट्टामा अर्को बिरुवा निःशुल्क उपलब्ध गराउने र किसानको उत्पादन कम्पनीले खरिद गरिदिने जस्ता प्रलोभन देखाएर किसानलाई बिरुवा खरिद गर्न लगाएका थिए । ‘कर्मचारीको भनाइ अनुसार राम्रै फाइदा होला भन्ठानेर महंगोमा बिरुवा किनेर लगायौं, किसान थिङ्गले भन्नुभयो, तर अहिले बिरुवा मरेर क्षेति हुँदा फर्केर पनि आएनन ।’ रोपेको केही समयपछि नै बिरुवा मर्न थालेको र कम्पनीमा जानकारी गराउदा कर्मचारीले नानाथरि कुरा गरेर आलटाल गर्दै आएको उहाँको भनाइ छ ।
‘केही बिरुवा लगातारको वर्षाले मरे, बँचेका बिरुवामा फल लाग्न थालेको थियो । तर ती पनि टिकेनन् सबै बोटै मरे ।’ अर्का किसन दुलमाई तमाङ्गले भन्नुभयो, ९ लाख रुपैयाभन्दा बढीको लगानी खेर गयो, मेवा लगाउन लिएको कर्जा अव कसरी तिर्नु । राम्रै होला भन्ने आशा थियो । उल्टै बर्वाद भईयो ।’ तामाङ्गले भन्नुभयो ।
लगातारको वर्षामा बिरुवामा पानी जम्दा फुल्दै गरेका मेवाका ८० प्रतिशत विरुवा मेरेका थिए । अहिले सबै बिरुवा मरेर सकिएको किसानहरुले बताएका छन । यता बिरुवा बिक्री गर्ने पशुपतिनाथ एग्रो फरेस्टी प्रा.लि.का वीरगन्ज प्रमुख संतोषकुमार अधिकारीसँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।