कोल्हबी,कोल्हबी नगरपालिकाले वडा नम्बर ४ स्थित विष्णुपुरमा बेवारिसे अवस्थामा रहेको एउटा बसको सवारी धनी पहिचानका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । वर्षौदेखि सडक किनारामा बेवारिसे अवस्थामा छोगिएकोे बसका कारण बाटो निर्माणमा समस्या भएपछि नगरपालिकाले सवारी धनी खोजेको हो ।बाटो निर्माणमा अवरोध भएपछि क्रेनको सहायताले उक्त बसलाई नगरपालिकाको कार्यालय ल्याइएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले ३५ दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । उहाँले तोकिएको समयभित्र सवारी धनी सम्पर्कमा नआए कानुन बमोजिम हुने बताउनुभएको छ ।
















