कलैया,जीतपुरसिमरा वडा नम्बर २४ का नेपाली कांग्रेस वडा समिति सदस्य मुहमद अंसारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।अंसारी एमाले जिल्ला पार्टी कलैयामा पुगेर मंगलवार एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका केद्रीय सदस्य बलवीर चौधरी, एकबाल मियां अन्सारी, जिल्ला पाटी अध्यक्ष अध्यानद पाण्डे, एमालेका मधेस प्रदेश कमिटीका सद्स्य तथा प्रदेश सभा सदस्य रबिन्द्रदास श्रेष्ठले पार्टी प्रवेश गराउनुभएको हो ।सो अवसरमा पार्टीका जिल्ला उपसचिव जवाहर अंसारी, लेखा समिति संयोजक रमेशकुमार सापकोटा, सचिवालय सदस्य शर्मा बैठा, लेखा समितिकै सचिव निर्मल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।



















