कृष्ण मोहन साह
सेढवा,रेड कार्यनयन केन्द्र बबरमहल काठमाण्डौंको सहयोग र डिभिजन वन कार्यालय पर्साको आयोजनामा पर्साको जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन वन कार्यालय बसन्तपुरमा तीन दिने रेड अभिमुखिकरण तथा दिगो वन व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिमको आइतवार एक कार्यक्रमका बीच उद्धाटन गरिएको छ ।
कार्यक्रममा वन र वन्यजन्तु संरक्षण, वन्यजन्तुको बासस्थान जिवजन्तुबाट भएको क्षति र वन तथा वनस्पति जैविक विविधता तथा जलबायु परिवर्तन सम्बन्धि तालिमा सहभागीहरुलाइ प्रशिक्षण दिएको थियो ।
कार्यक्रम स्थानीय समाजसेवी देबीप्रसाद दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको गडुवा पोस्टमा तैनाथ रहेका नेपाली सेनाको सिद्दी बक्स गणका जम्दार रामचन्द्र क्षेत्री, पर्सा राष्ट्रिय निकुञ्ज गडुवा पोस्टका सिनियर सरोज यादव, जिराभवानी गाउँपालिका वडा नम्बर नम्बर १ का अध्यक्ष रामशरण ख्वास, समाजसेवी राजिन्द्र साह, सोमनाथ सापकोटा, किसुनी मिर्दाहा, पन्चपुखी उपभोक्ता समितिका अध्यक्ष जैचन्द्र दास, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कर्मचारी लगायत स्थानीय भद्रभलादमी र संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामपुकार यादव र सबडिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ ।