नरेश गुप्ता

बरियारपुर,बारामा किर्ते सवारी पास बनाउने उपकरण सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौकमा सवारी साधन चेकजाँच गर्न क्रममा कलैयाबाट काठमाडौको लागि जादै गरेको ना १ प ७२८८ नम्बरको सुमो गाडीका धनी जयनारायणप्रसाद जैसवालसंग जिल्ला प्रशासन कार्यलय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते भएको नक्कली सवारी पास फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । किर्ते सवारी पास बनाउने कलैया उपमहानगरपालिका ४ मालपोत कार्यालय सामुन्ने रहेको दाईभाई फोटो स्टुडियो एन्ड जनरल स्टोरको संचालक वर्ष ३० का गोपालप्रसाद कलवारलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले दाइभाइ फोटो स्टुडियोमन खान तलासी गर्दा नक्कली सवारी पास ३ थान, किर्ते पास बनाउने उपकरण मोनिटर, प्रीन्टर, सिप्यु लगायतको सामग्री प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको फोटो स्टुडियोका संचालक कलवार र गाडीका चालक कलैया उपमहानगरपालिका १७ बस्ने वर्ष २१ का जयनारायणप्रसाद जैसवालमाथि लिखत किर्ते सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply