बिदुर खडका
डुमरवाना,उपमहानगरपालिकाले फोहोर नउठाउदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको मुख्य बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।बारा, पर्सा, चितवन र रौतहटका व्यापारी र सर्वसाधारणको समेत मुख्य बजारको रुपमा रहेको जीतपुर बजारमा स्थानीय व्यापारी र नगरपालिकाले समेत फोहोर व्यवस्थापनमा चासो नदिदा दुगन्र्ध फैलिएर सर्वसाधारण समस्यामा परेका हुन ।जीतपुरको मुख्य बजारमा स्थानीय व्यापारीले कारोबार गर्दा उत्सर्जन भएको फोहोर सडकमा नै थुपारेको र उपमहानगरपालिकाले पनि विगत ५ दिनदेखि त्यसको व्यवस्थापन गरेको छैन । सडक पेटीहरुमा फोहोर डङ्गुर थुप्रिएपछि सर्वसाधारण र ग्राहकहरु मार्कामा परेका हुन ।व्यवसायीहरुले आफनो फाईदाका लागि व्यापार गर्दा निस्किएको फोहोर व्यवस्थापनमा अरुको मुख नताकी आफैले गुर्नपर्ने स्थानीयको भनाई छ ।आफ्नो पसलबाट निस्किएको फोहोर सफा गर्न अरुको मुखताक्ने प्रवृत्ति गलत भएको कपडा व्यापारी पंण्डित जिको भनाई छ । तर यता वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले भने नगरपालिकाका सरसफाइकर्मीहरुको तलब भुक्तानी रोकिएको कारण फोहोर नउठेकोले यसमा नगरपालिका नै जिम्मेवार रहेको बताउनुहुन्छ ।



















