कलैया,बाराको कलैयामा अबिरल वर्षाका कारण मङगलबार बिहान एउटा फुसको घर भत्किएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरमा अबिरल वर्षाका कारण स्थानीय गणेश मण्डलको फुसको घर भत्किएर पूर्णरुपमा क्षतिग्रस्त हुँदा मण्डलका परिवारजनको बिचल्ली भएको छ । खपडा, बाँस र काठले बनेको घर अरिवल वर्षाको कारण पुर्णरुपमा भत्किएको र घरभित्र रहेको अन्नपात,लत्ताकपडा समेत गरी अन्दाजी ७५ हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here