नरेश गुप्ता

बरियारपुर,प्रदेश नम्बर २ जनकपुरका प्रहरी नायब महानिरीक्षक उमेश रंन्जितकारले प्रहरीले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिनुु पर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यलय बाराको निरीक्षण गर्न शनिबार बिहान कलैया आइपुग्नु भएका नायब महानिरीक्षक रंन्जितकारले जिल्ला प्रहरी कार्यलयको हाताभित्र वृक्षारोपण पनि गर्नुभएको थियो ।

प्रहरी नायब महानिरीक्षक रंन्जितकारले जिल्ला प्रहरी कार्यलय बाराको थुनुवा कक्ष, प्रहरी संचार कक्ष, मुद्दा शाखा, उजुरी शाखा, महिला तथा बालबालिकालगायत फाँटहरुको निरीक्षण पनि गर्नु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यलय बाराको सभाहलमा आयोजित प्रहरीसंगको अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब महानिरीक्षक रंन्जितकारले प्रहरी संघठनमा अनुशासनको धेरै ठुलो महत्व रहेको भन्दै सबै प्रहरीले अनुशासनको अनिवार्य पालन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीको मुख्य कर्तव्य नै समाजमा शान्ति सुरक्षा कायम राख्नु रहेको भन्दै प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । सो अवसरमा बाराको प्रहरी प्रमुख दिपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्र, प्रहरी निरीक्षक सुरेन्द्र यादव, अपराध शाखाका प्रहरी निरिक्षक रुद्रराज कँडेल लगायत प्रहरीको सहभागिता रहेको थियो ।

Leave a Reply