सिकिन्द्र साह
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडा सदस्यले यसनारायणप्रसाद यादबले आइतबारबाट कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । वडा अध्यक्ष दामोदरप्रसाद जयसवालको निधन भएपछि अध्यक्ष बिहिन रहेको सो वडाका वडा सदस्य यादबले कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको हो । जयसवालको २ महिनाअघि काठमाडौस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
नगर प्रमुख बिजयशंकर यादवले अन्य वडा सदस्य तथा स्थानीय बासिन्दाहरुसंग पटकपटक गरेको छलफलपछि यादबलाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिने सहमति बनेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत बिरेन्द्र साहले जानकारी दिनुभयो । आइतबार एक कार्यक्रमबीच वडा अध्यक्ष यादबले पदभार ग्रहण गर्नु भएको थियो । कार्यबहाक वडा अध्यक्ष यादबको सफल कार्यककालको लागि कार्यालयका लेखा प्रमुख सर्मेन्द्र चौधरी र वडा सचिव बिजयकुमार सिहले शुभकामना दिनुभएको थियो ।