सिमरा,लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सचेतनालागि काठमाडौं र हेटौंडाका युवाहरु मोटसाइकल ¥यालीसहित मंगलवार जीतपुरसिमरा आइपुगेका छन् ।मधेश प्रदेशका जिल्लामा सचेतनामुलक ¥यालीआयोजना गर्नका लागि ४० वटाभन्दा बढी मोटरसाइकलमा युवाहरु बारा आएका हुन् ।बारा प्रवेश गर्ने क्रममा युवाहरुलाई पथलैया र सिमरामा स्वागत गरिएको थियो । पथलैयामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सिमरामा ईलाका प्रहरी कार्यालय सिमरा तथा नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले युवाहरुलाई स्वागत गरेको हो ।स्वागतसंगै सिमरास्थित अल्पाइन अस्पतालमा सचेतनासभाको समेत आयोजना गरिएको थियो । सभामा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सम्बोधन गर्दै लागूऔषधविरुद्ध युवाहरुको सचेतना अभियानको प्रशंसा गरेका थिए ।

Leave a Reply