राजकुमार यादव

मौलापुर,रौतहटको गढीमाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पद बहालीसंगै वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले शपथग्रहण गरेका हुन ।

नगरप्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा गढीमाई नगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा नगरप्रमुख यादवले स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित जनप्रतिनिधिहरुलाई शपथग्रहण गराउनुभएको थियो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले देश जनता र ईश्वरको नाममा शपथ लिएका छन् । कार्यक्रममा निर्वाचन अधिकृत रामानन्द अधिकारीको उपस्थिति रहेको थियो । सो कार्यक्रममा गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव लगायत विभिन्न दलका स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको पनि ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

सो अवसरमा नगर प्रमुख यादवले नगरवासीहरुको जीवनस्तरमा सुधार ल्याउन गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रमा जनताको पहुँच अभिवृद्धि गर्नुको साथै कृषि, पशुपालक व्यवसायमा लगानी बढाएर उत्पादनमुखी नीति लागु गरिने बताउनुभयो । त्यसैगरी नगरबासीलाई शुद्ध खानेपानीको महशुल मिनाह, भूमि (मालपोत) कर, कृषि विद्युतीकरण, निशुल्क कृषि मिटर वितरण गर्र्ने पनि बताउनु भएको छ ।

त्यस्तै मुसहर दलित वस्तीमा आवासीय भवन निर्माण, माध्यमिक विद्यालय विरनगरामा कक्षा १ देखि कक्षा ४ सम्म अंग्रेजी माध्यमको कक्षालाई सुदृढ तथा व्यवस्थित गरी थप विद्यालयहरुमा पनि अंग्रेजी माध्यमको कक्षा विस्तार गर्ने, नाक, कान र घाँटी उपचारको लागि सुविधा सम्पन्न केन्द्रको स्थापना गर्ने र व्यवस्थित वृक्षारोपण गरेर नगरभित्रका सडक किनारालाई हरियाली बनाउने पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here