राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरियामा संचालित पहिलो रेडियो आकास एफएम पोखरिया १०१.९ मेघाहर्जको आयोजनामा होली मिलन समारोह तथा सांस्कृतिक लाईभ कार्यक्रम सम्पन्न भएको छ ।पोखरिया नगरपालिका वडा नं ४ पोखरिया शिव मन्दिरको सभाहलमा आइतवार होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै गायक छोटु राजा र सुदिप चौरसियाले होली गीत प्रस्तुति गर्नुभएको थियो । आकास एफ एम १०१.९ मेघाहर्ज पोखरियाका प्रबन्ध निर्देशक लालबाबु बानियाको अध्यक्षतामा होली मिलान समारोह कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रममा विशिष्ठ अतिथि पोखरिया नगरपालिका नगरप्रमुख प्रद्युमनप्रसाद चौहान, उपप्रमुख रुबी ठाकुर, मधेस प्रदेस सभाका पूर्वसांसद पह्लाद गिरी, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, पोखरियाका पूर्वमेयर दिपनारायण रौनियार, पूर्वउपमेयर सलमा खातुन, लोजपाका केन्द्रीय सदस्य नजामुदिन समानी, वाईसीयल केन्द्रीय संतोष पटेल, नेकपा माओवादीका जिराभवानी गाउँपालिका अध्यक्ष रामाकान्त चौधरी, युवा नेता शिव कुमार साह, पोखरिया नगरपालिका वडा अध्यक्ष लक्ष्मण साह, नवसाद आलम, केदार महतो, युवा नेता सुजित गिरी, राजु रौनियार लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।आकास एफ एमले आयोजना गरेको होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रमलाई लाईभ प्रसारण गर्न वीरगन्ज संजालका कृष्णा श्रीबास्तव, रंजित यादव, अकास एफएमका विकास पटेल, रामबिश्वास चौधरी, शनी पटेल, पत्रकार राजन बानियालगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रम संचालन पत्रकार शैलेश गुप्ताले गर्नुभएको थियो ।
















