कलैया,बारामा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । कोल्हबी तामागढी सडकखण्ड अन्तरगत कोलहबी– २ भिम सखुवा तीन नम्बर पुल नजिक ना २३ प १५१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहटको चपुरका ४२ बर्षीय दुर्गा सापकोटाको ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । गम्भीर घाइते सापकोटाको कलैया अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । मोटरसाइकल दुर्घटनामा घाइते भएका रौतहट विजयपुर फतुवा–९ का महम्मद कैफको वीरगन्ज नेशनल मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कोल्हबीबाट निजगढतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here