वीरगन्ज,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बिरामी पर्नु भएको छ । पिसाबमा इम्फेक्सन भएपछि बिहीवार बिहान उहाँलाई जनकपुरधामस्थित प्रादेसिक अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भइसके पनि मुख्यमन्त्री राउतलाई चिकित्सकको निगरानीमा बस्न अस्पतालले सल्लाह दिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अतिशकुमार मिश्रका अनुसार पिसाब गर्दा कठिनाइ भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।