कलैया,बाराको महागढिमाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६६ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छशुक्रवार बरियारपुरमा आयोजित नगरपालिकाको ७ओैं नगरसभामा मेयर उपेन्द्र प्रसाद यादवले आगामी आर्थिक वर्षका लागि प्रमुख यादवले आव २०८०÷०८१ का ६६ करोड ७४ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।बजेटमा कृषितर्फ २ करोड १० पशु स्वास्थ्य कार्यक्रमका सन्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएकोेजन छ नगर प्रमुख यादवले बताउनुभयो । यस्तै युवा तथा खेलकुद शीर्षकमा १० लाख, खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको मेयर यादवले जानकारी गराउनुभयो । यस्तै मेला जात्राको व्यवस्थापनको लागि ३५ लाख, स्वास्थ परीक्षणतर्फ १ करोड २५ लाख र शिक्षामा २ करोड ६० लाख विनियोजन गरिएको छ ।मेयर यादवको अध्यक्षतामा भएको नगरसभामा उपमेयर तारा देवी कानु, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस, वडा सदस्य, कर्मचारी लगायतको सहभागीता थियो ।

Leave a Reply