बरियारपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का बिपन्न महिलाहरुको लागि लहठी चुरा बनाउने सातदिने तालिम आइतवार सम्पन्न भएको छ । महागढीमाई नगरपालिका अन्तर्गत रहेको महिला तथा बालबालिका कार्यलयको आयोजनामा शुरु भएको बिपन्न महिलाहरुको सीप तथा व्यवसायिक बिकास तालिमको नगरपालिकाकी उपप्रमुख तारा देबी कानुले समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख कानुले लहेरा जातिको पुर्खौली पेसाको रुपमा रहेको लहठी चुरा बनाउने कामलाई निरंन्तरता दिन र आउने दिनमा आयमुलक घरेलु उद्योगको रुपमा व्यवसाय संचालन गर्न सहभागीहरुसंग अनुरोध गर्नुभयो । कुनै पनि काम सानो नहुने भन्दै उपप्रमुख कानुले सीप सिक्नु ठुलो कुरा भएको बताउनुभयो । उहाँले लहठी चुरा बनाउने तालिम लिएपछि यो पेसा अंगाल्न तालिमका सहभागीहरुलाई अभिप्रेरित गर्नुभएको थियो ।

कार्यक्रमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशराज रिमालले महिलालाई आत्मनिर्भर बनाउन कार्यालयले विभिन्न सीपमुलक कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रिमालको सभापतित्वमा भएको कार्यक्रममा महिला तथा बालबालिका शाखा संयोजक गुन्जा जैसवाल, वडा सद्स्य ज्ञानी महतो, शानमती देबी राम, प्रशिक्षक सौर्य मण्डल र स्थानीय संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here