कलैया,समाजवादी युवा संघ बाराका उपाध्यक्ष शशी दास सहित १४ जना युवा नेताहरु नेकपा एमाले माधव नेपाल पक्षीय युवा संघ नेपालमा प्रवेश गरेका छन् । समाजवादी युवा संघका उपाध्यक्ष दाससहित सुशील दास, रुपेशप्रसाद पटेल, राजन गुप्ता, नागेन्द्र गुप्ता, धिरेन्द्र यादव, श्रीराम चौरासिया, जियालाल पण्डित, राजु यादव, राजा राम, गजेन्द्र पाशवान, कमरुल हक अन्सारी, सोनुकुमार गुप्ता, रुपेश पटेल माधव नेपाल पक्ष निकट युवा संघमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरुलाई आइतबार कलैयास्थित एमाले पार्टी कार्यालयमा एक कार्यक्रमबीच उनीहरुलाई पार्टी प्रवेश गराइएको कलैया उपमहानगर युवा संघका अध्यक्ष हरिओम साहले बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य दिनेश राई, एमाले नेता एंव पूर्वखेलकुद तथा युवा मन्त्री पुर्षोत्तम पौडेल, जिल्ला अध्यक्ष देव नारायण चौधरी, सचिव एम समिउल्लाह, युवा संघका बारा जिल्ला अध्यक्ष राम यादव, पार्टी जिल्ला प्रचार विभाग प्रमुख मनोज पौडेल, जिल्ला सदस्य धु्रव यादव, कौशल किशोर सिंह, अरुनप्रसाद यादव, मनोज गुप्ता, अनिल भण्डारी, भुपेन्द्र साह, धु्रवकुमार साह, तारिक अन्सारी लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।