हुनत एमाले पार्टी स्थापना गर्नेहरुले संघर्ष गरेर नै यसको जन्म गराएका हुन् र नेपालको कम्यूनिष्ट आन्दोलनमा पनि एमालेको महत्व छ । राजनीतिक परिवर्तनका सवालमा एमालेले निर्वाह गरेको भूमिकाको पनि नजरअंदाज गर्न सकिदैन । माओवादीसंगको पार्टी एकतापछि एमाले बिघटन भएको थियो र माओवादी पनि बिघटन भएको थियो ।

तर, समयसंगै फेरि एमाले र माओवादी अलग पार्टी भए । बिभिन्न राजनीतिक परिघटनाका कारण पनि यी दुई दलहरु आआफ्नो बाटो हिँड्न बाध्य भएका छन । समयसंगै वषौंसम्म संगै रहेका एमालेका नेताहरु केपी ओली र माधव नेपालको बीचमा अहिले लगभग बोलचाल बन्द नै भएको छ र माधव नेपाल केपीका बिरुद्धमा खडा भएका छन् र ओली निकै रिसाएका पनि छन् ।

यी दुई नेताको टकरावमा अहिलेको एमाले छ । यी दुई नेताबीचमा देखिएको राजनीतिक असमझदारी हटाउनका लागि भएका सबै प्रयासहरु असफल भएका छन् । आजको दिनसम्मको कुरा गर्ने हो भने । त्यसैले पनि एमालेभित्रको रडाको यसै सकिएला जस्तो छैन । लगभग धेरैले आँकलन गरे अनुसार एमाले फुट्छ वा एक हुन्छ यसका लागि भने केही दिन कुर्न पर्ने छ ।

Leave a Reply