निजगढ,नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको २५ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले पूर्वसभापती नारायणप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नयाँ कार्यसमितिको महिला उपसभापतीमा गंगा शिवाकाटी, सचिव पदमा मोहनबहादुर गुरुङ्ग, उपसचिव पदमा अमृतराज उप्रेती, कोषाध्यक्षमा हरीप्रसाद न्यौपाने, उपकोषाध्यक्षमा शरद सिग्देल र सदस्यहरुमा धनमाया लामा, छेवाङ्ग नुर्वु लामा, मानबहादुर लामा र गोपालकाजी श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ ।

नारायणप्रसाद शर्माले सभापतित्वमा भएको सो साधारण सभामा नेपाल रेडक्रस सोसाईटी बारा जिल्ला समितिका उपमन्त्री कृष्णप्रसाद खरेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा नेपाल रेडक्रस सोसाईटी बारा जिल्ला समितिका सदस्य एवं निर्वाचित अधिकृत रामकृष्ण उप्रेती, संतोष नेपाल, निजगढ सामुदायीक अस्पतालका प्रमुख सतिश निरौला, समाजसेवी शम्भुबहादुर बुढाथोकी, मिना लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधिका साथ साथै स्थानीय पत्रकारहरुको पनि उपस्थिति रहेको रुद्र धितालले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here