नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बाराका पूर्वसभापति एवं संविधानसभा सद्स्य लालबाबु सिहले आफुलाई जिल्लाका कांग्रेशका केही नेताहरु सक्रिय सद्स्यताबाट बंचित गर्ने खेलमा लागेको बताउनुभएको छ ।

बाराको कलैयामा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस बाराले जिल्लाका धेरै कार्यकर्ताहरुलाई सक्रिय सद्स्यताबाट बंचित गर्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस बाराको जिल्ला अधिबेशन हुने निचित भइसकेकोले सक्रिय सद्स्यता विवादले अधिबेशन प्रभावित हुने र लज्जित हुनु पर्ने अवस्था आउने उहाँले बताउनुभयो । आफु नेपाली कांग्रेस बाराको दुईपटक जिल्ला सभापती र एकपटक संविधानसभा सद्स्यमासमेत निर्वाचित भएको बताउदै आफनो सद्स्यता क्षेत्र नम्बर ४ बाट लिन खोज्दा क्षेत्रीय सभापती सुनिल साहले बेवास्ता गरेको र सक्रिय सद्स्यताबाट समेत बंचित गर्ने खेलमा लागेको बताउनुभयो । नेपाल कांग्रेस पार्टीको विधान तथा नियमावली अनुसार संवन्धित निकायबाट सिफारिस पत्रको बनाएर बारा क्षेत्र नम्बर ४ फेटा गाउँपालिकाबाट सक्रिय सद्स्यता लिन खोज्दा केही मानिसहरु आफुलाई सक्रिय सद्स्यबाट बंचित गर्ने खेलमा लागेको आरोप उहाँले लगाउनुभयो ।

नेपाली कांग्रेसको केन्द्रीय अधिवेशनको लागि सक्रिय सद्स्यता नवीकरण र दर्ता अवधि आइतवार १२ बजेसम्मको लागि मात्रै निर्धारण गरिएको छ ।

 

नेपाली कांग्रेस बारो क्षेत्र नम्बर १, २ र ४ मा सक्रिय सद्स्यता वितरण विवादमा परेको र यसको असर संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा पर्ने सिहले बताउनुभयो । आफु जस्तो नेतालाई क्रियाशील सद्स्यताबाट बंचित गर्ने खेलमा लागेको कांग्रेस बाराको नेतृत्वले तल्लो तहमा रहेका कार्यकर्ताको सदस्यता बारे के गरेको होला भन्दै उहाँले समस्या समाधान गर्न पत्रकार समेलनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here