सिमरा,बाराको सिमरामा सोमवार राती इन्धन बोक्ने ट्यांकरसंग मोटरसाइकल ठोक्किदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय दिनेश परियार रहेका छन् ।पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्यांकरलाई ग १४ प्रहरी जवान परियारले चलाएको प ५९७२ नम्बरको मोटरसाइकलले सिमरास्थित टेलिकम चोकमा पछाडिबाट ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भिर घाइते भएका परियारलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको र उपचारका क्रममा राती १ः२२ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply