अनिल तिवारी
सिमरा, २१ कार्तिक । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सहकारी समुदायमा आधारित हुनुपर्ने कुरामा जोड दिनुभएको छ । बिहिवार बाराको जीतपुरमा आयोजीत जीतपुर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड जीतपुरको १२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बचत तथा ऋणको कारोबार गर्दै आएका सहकारीको लगानी उत्पादकत्व बृद्धि हुने क्षेत्रमा हुनुपर्ने कुरामा जोड दिदैँ उहाँले बिदेश पलाएन हुन लगोका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नसक्ने विश्वास ब्यक्त गर्नुभएको हो ।

 

यसैगरी कार्यक्रममा बोल्दै बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले सञ्चालक समिती, कर्मचारी र शेयर सदस्यहरुबिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहँले कानुन भन्दा माथि कोही नभएकाले सबैले सहकारी ऐन,कानुनको पालना गर्नुपर्ने जानकारी दिनुभयो ।

 

संस्थाका अध्यक्ष दुर्गा कुमारी रिजालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, पुर्ब जीतपुर गा.बि.स .का अध्यक्ष कृष्णब्रत सिहं, रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी, राष्ट्रिय सहकारी बैक सिमराका प्रमुख सुरेश लागे ,जीतपुर गा.बि.सका पुर्ब अध्यक्ष चिरञ्जबी भक्त पौडेल ,समाज सेवी कपिलदेव प्रसाद यादब,समाज सेवी अफताब आलम ,नारिशक्ति बिकास मञ्चकी अध्यक्ष आशा दाहाल , शिव दुर्गा पुजा समितीका अध्यक्ष मुनि पाठक ,महिला सरोकार मञ्चकी अध्यक्ष देबी साप्कोटा, एस.के. भट्ट एण्ड एसोसियट सिमराका प्रमुख सरोज भट्ट , फोरमा लोकतान्त्रिकका श्रीराम साह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रञ्जन यादबले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here