बारा – बारामा प्रहरीले मधेस प्रदेश सभाका निवर्तमान सदस्य सुन्दर विश्वकर्माले प्रयोग गर्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय सिमराको टोलीले नेकपा एकिकृत समाजवादीका तर्फबाट सचेतक रहनुभएका विश्वकर्माले प्रयोग गर्दै आएको प्रदेश २–०२००१ झ ००८८ नम्बरको जीप सिमराको औराहाबाट नियन्त्रण लिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनुभयो ।निवर्तमान प्रदेश सभा सदस्य निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी चढेर चुनावको प्रचारप्रसार गर्दै आएको गुनासो आएपछि गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।