बाराको कलैयामा विद्यालय संचालक रुपेश सरार्फमाथि गएको हप्ता गोली प्रहार भयो र सरार्फको हत्याका विषयमा विभिन्न कुरा आए ।सरार्फको हत्याका विषयमा शुरुमा जे आँकलन गरिएको थियो । त्यसको विपरित कुरा आयो । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै दुई दिनपछि केहीलाई सार्वजनिक पनि गर्यो तर यसमा परिवारको सहमति रहेन । परिवार अहिले पीडामा छ र शोकमा छ । परिवारले चित्त नबुझाउनु आफैमा अर्को पीडाको कुरा हो ।प्रहरीले गरेको अनुसंधानको सवालमा किन प्रश्न उठ्ने ठाउँ आयो भन्ने कुरा मुल हो । परिवारको मानिस गुमाउँदाको पीडा यसै त कति हुन्छ त्यसको थप व्याख्या आवश्यक नै भएन त्यसो त दोश्रो प्रहरीले गरेको अनुसंधान नै किन नागरिकहरुलाई विश्वास भएन भन्ने पनि हो ।
बारा प्रहरीले गरेको अनुसंधान त्यसो त चित्त बुझ्नो पनि छैन । हत्यामा संलग्न मुख्य व्यक्ति भनेर भनिएको व्यक्ति नै फरार छ अनि कसरी प्रहरीले पक्राउ गरेको व्यक्तिहरु सबै दोषी हुन् भन्ने र ?उनीहरु निर्दोष पनि नहोलान् तर प्रहरीको अनुसंधान सबै हिसावले चित्तबुझ्दो भने छैन । त्यसैगरी प्रहरीले हत्यामा सहयोग भूमिका निर्वाहा गरेको भन्दै नियन्त्रणमा लिएर सार्वजनिक गरेका रुपेशको विद्यालयका २ जना शिक्षकको बारेमा पनि प्रश्न खडा भएको छ । परिवारका सदस्य आफन्त एक जना शिक्षक घटनाको बेला वीरगञ्जमा रहेको र अर्का शिक्षकले गोली लागेर घाइते अवस्थामा रुपेशलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएको बताएका छन । शिक्षक पक्राउ बारेमा प्रहरीको दाबी र मृतक परिवारका सदस्यहरुको भनाईमा फरक परेपछि समग्र अनुसन्धानमाथि नै प्रश्न खडा हुनु स्वाभाविक पनि हो ।प्रहरीले परिवारलाई चित्त बुझाउन सक्नुपर्दछ । अनुसंधानमा के समस्या थियो त्यो बारेमा पनि परिवारका सदस्यहरुलाई आवश्यकता अनुसार जानकारी दिनुपर्छ यो विषयमा परिवार र सर्वसाधारणलाई स्पष्ट पार्ने काम प्रहरीको नै हो ।
बारा प्रहरीले अझैपनि यो घटनामा सुझबुझ पूर्ण तरिकाले काम गर्न आवश्यक छ ।


















