नरेश गुप्ता

बरियारपुर,बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको चुनाव लक्षित घरदैलो कार्यक्रम सुरु गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पचरौता नगर कमिटी अध्यक्ष जलान्धर सिहले आगामी स्थानीय तहको निर्वाचनमा पचरौता नगर प्रमुखको प्रत्यासीको रुपमा नगरभित्र घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सद्स्य समेत रहनु भएका सिहको उम्मेदवारी पक्का भएको स्थानीय लक्ष्मी यादवले जानकारी दिनुभयो । पचरौता नगरपालिकाको विकास र संवृद्धिको लागि कुशल र सक्षम नेतृत्वको रुपमा परिचित सिहले नगरभित्र घरदैलो कार्यक्रम गरि जनताका समस्याको बारेमा जानकारी लिनु भएको छ । सिहले पचरौता नगरपालिकाको वडा नम्बर ८ स्थित बाजोपट्टी र अमरपट्टीमा घरदैलो कार्यक्रम गरि मतदातासंग भेटघाट गर्नुभएको हो ।

त्यसैगरी नेकपा एमालेले पचरौता नगरपालिका वडा नम्बर ५ मा समीक्षा बैठक आयोजना गरी आगामी निर्वाचनको लागि रणनीति तयार पारेर प्रचार प्रसारमा लाग्न सिंहले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here