दुध मानिसका लागि मात्र होइन पशुपन्छीका लागि पनि अमृत समान मानिन्छ ।  यद्यपि मानिसले पशुहरु पालन गरेर दुध उत्पादन गरेर बिक्री वितरण गरी राम्रो पनि कमाइ गर्ने गरेका छन । धेरै ठाउँमा व्यवसायिक रुपमा पशुपालन पनि गर्नेहरु छन् । पशुपालन गरेर दुध राम्रो उत्पादन गर्नेमा बारा जिल्ला पनि पर्दछ । दुध मानिसका लागि नभइ नहुने एक खाद्य पदार्थ नै हो । त्यसैले पनि हरेक नेपालीहरुको भान्छामा पनि दुधको अपरिहार्य नै हुने गर्दछ ।
तर, दुध उत्पादन गर्ने कृषकहरु भने बेला बेलामा मारमा पर्ने गर्दछन् । बारामा कृषकहरुले पनि समस्या झेल्न परेको भन्दै चिन्ता जनाउदै आन्दोलनको समेत घोषणा गरेका छन् । उनीहरुले सडक नै अवरुद्ध गर्ने बताएका छन् । सडक अवरुद्ध हुनुु आफैमा बिडम्बनाको कुरा हो । सडक अवरुद्ध गरिदा त्यसले फेरि सरकारलाई भन्दा पनि स्थानीयहरुलाई अथवा यात्रुहरुलाई नै समस्या पर्ने निश्चित छ । नेपालमा फेरि सडकमा संघर्ष गर्दा वा सडक आन्दोलन गर्दा सडक अवरुद्ध गर्दा सरकारले चांडो सुन्छ भन्ने पनि छ ।
वास्तवमा नेपालमा सरकार संचालकहरुले लिने नीति नै गलत भएकाले पनि कृषकहरुले समस्या झेल्न परेको छ । स्थानीय स्तरमा उत्पादन भएको दुधहरुको बिक्री वितरण र बजार व्यवस्थापनका लागि स्थानीय सरकारले नै नीति बनाएर काम गर्ने हो भने पनि समस्या धेरै रहने थिएन । सबै संघीय सरकारले पनि गर्न सक्दैन । स्थानीय सरकारहरुले नै एकीकृत रुपमा कृषकहरुले उत्पादन गरेको तरकारी वा दूधको व्यवस्थापनको जिम्मा लिने हो भने सायद दुध उत्पादन गर्ने कृषकहरुले मिल्क होलिडे मनाउन पर्ने पक्कै थिएन  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here